काठमाडौँ /२० मंसिर – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )ले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको लागि खुलेको हो ।
रजिस्ट्रेसन आवेदन फाराम बापत बोर्डमा बुझाउनुपर्ने रकम २०८० पौष १५ गतेसम्म विलम्ब शुल्क रहित (प्रति विद्यार्थी रु. ४००/– ) बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा २०८० पौष मसान्तभित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी रु. ८००) का दरले हुन आउने रकम दाखिला गरी मिति २०८० माघ १५ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
