शिक्षामा प्रविधिको प्रभावकारी प्रयोग बारे पढाई हुने

काठमाडौँ /२७ असोज – शिक्षामा प्रविधिको प्रभावकारी प्रयोग बारे काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन संकायले पढाउने भएको छ । डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा शिक्षकहरूको प्रोफेस्नल डेभलपमेन्ट र शिक्षामा प्रविधिको बढ्दो उपयोगितालाई ध्यानमा राखेर यो कोर्स पढाउन लागिएको हो ।


“ Empowered : Transformative Digital Pedagogy Certification” नामको यो कोर्समा गुगलमा शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने शिक्षा, सुविधा, सञ्चालन, व्यवस्थापनका लागि तालिम लगायत रिसोर्स उपलब्ध गराउनका लागि पढाइने छ ।


कार्यक्रमलाई प्रभावकारी बनाउन डिजिटल एण्ड वियोण्डलका सिइओ सगुन ढुङ्गाना र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइटेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डिजिटल एण्ड वियोण्डल गुगल फर एडुकेशनको नेपाल र दक्षिण एसियाली साझेदार साथै Education Specialized Partner संस्था हो । त्यसैगरी काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन शिक्षा संकाय अन्तर्गत शिक्षक र शिक्षण सिकाईको विषयमा विगत २६ वर्ष देखि काम गर्दै आएको संस्था हो ।


गुगल फर एडुकेशनको सर्टिफिकेशन लगायत संस्थागत पढाई सुरु गर्ने यो नै नेपालको पहिलो विश्वविद्यालय तहको कोर्स हो । यसबाट आगामी दिनमा विद्यार्थीहरूले समय सान्दर्भिक पढाईको साथै विश्वमा अब्बल प्रविधि सम्बन्धी ज्ञान प्राप्त गर्ने अपेक्षा लिएको छ ।