एनओसीका लागि शैक्षक संस्थाको सूचिकृत गर्न आवेदन माग, आवेदन विद्यार्थीले नै दिनुपर्ने

काठमाडौँ /२५ असोज – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी शाखा अन्तर्गत सूचिकृत नभएका शैक्षक संस्थाको सूचिकृतका लागि आवेदन माग गरेको छ । अनलाइन प्रणालीमा विश्वविद्यालय, शैक्षिक संस्था तथा कार्यक्रम सूचीकृत भएको नपाइएमा आफूले अध्ययन गर्न जान चाहेको विश्वविद्यालय, शैक्षिक संस्था तथा कार्यक्रमको विवरण भरी सूचीकरण गर्नका लागि आवेदन माग गरेको हो ।


मन्त्रालयका अनुसार प्रमाण सहित अनलाइन प्रणालीमा नै सूचीकरणका लागि विद्यार्थीले निबेदन दिनपर्ने छ । साथै एनओसी विद्यार्थीलाई उपलब्ध गराइने भएकोले विद्यार्थी आफैले आवेदन दिनुपर्ने र शैक्षिक परामर्श संस्थाहरुले आवेदन दिन नमिल्ने जनाएको छ ।


विद्यार्थीले आवेदन दिँदा निम्म प्रमाण पेस गर्नुपर्ने छ ।


क) अध्ययन गर्न जाने विश्वविध्यालय वा शैक्षिक संस्थामा अध्ययन गर्न विगतमा अध्ययन स्वीकृतिपत्र जारी भएको,


ख) अध्ययन गर्न जाने देशको सम्बन्धित मन्त्रालय वा राजदुतावास वा कुटनितीक नियोग वा आधिकारिक सरकारी निकायको वेवसाइटमा विश्वविध्यालय वा शैक्षिक संस्थाको नाम उल्लेख भएको,


ग) विश्वविध्यालय वा शैक्षिक संस्थाको वेवसाइट उपलब्ध भएको र शैक्षिक संस्था वा विश्वविध्यालयको वरियता प्रदान गर्ने टाइम्स हाइयर एजुकेशन वा क्यूएस वल्ड युनिभर्सिटी र्याड्डिङ वा साङघाइ जियातोङको वरियता सूचीमा रहेको,


घ) चिकित्सा शिक्षा आयोगबाट योग्यता प्रमाणपत्र (ईलिजिविटि सर्टिफिकेट) जारी हुने विषयमा त्यस्तो प्रमाणपत्र प्राप्त गरेको,


ङ) नेपालको शैक्षिक संस्थामा अध्ययन गरि विदेशमा इन्टर्न गर्न जानेको हकमा त्यस्तो इन्टर्न गर्ने संस्थाको आधिकारिकता खुल्ने कागजात पेश भएको वा भिसा प्राप्त गरिसकेको वा छात्रवृत्तिमा मनोनयन भएको वा नेपाल सरकारका निकायलाई प्राप्त सिट भएको,


च) नेपाल सरकारका निकाय वा सम्बन्धित देशको सरकारी निकाय वा राजदुतावास वा कुटनीतिक नियोगबाट किटानीसाथ अध्ययन सीफारिस भएको,


छ) निवेदकले अध्ययन गर्न चाहेको विश्वविध्यालयको कार्यक्रमलाई नेपालको विश्वविध्यालयबाट समकक्षता प्रदान भएको,


ज) सम्वन्धित देशको सरकारी निकायबाट अध्ययनको लागि प्रदान गरिएको सर्टिफिकेट अफ इजिविलिटी वा यस्तै प्रकृतिको आधिकारिक पत्रमा विश्वविध्यालय वा शैक्षिक संस्थाको नाम खुलेको वा विध्यार्थीले प्राप्त गरेको भिषामा शैक्षिक संस्थाको नाम उल्लेख भएको,