काठमाडौं/२५ असोज – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष र प्रथम वर्ष प्रथम खण्डको आंशिक परीक्षा आवेदन फाराम खुला गरेको छ ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय, निजी स्तरमा र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तह वार्षिक परीक्षा प्रणाली तर्फका विद्यार्थीहरुका लागि आवेदन फाराम खुला गरेको हो ।
नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी, सामान्य चिकित्सा आयुर्वेद, अकुपञ्चर, डेन्टल साइन्स (डेन्टल हाइजिन), अप्थाल्मिक साइन्स, कृषि (बाली विज्ञान र पशु विज्ञान), फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपेथी, फरेस्ट्री र सेमेस्टर परीक्षा प्रणाली तर्फका इन्जिनियरिङ कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमका प्रथम वर्ष र प्रथम वर्ष दोस्रो खण्डका आंशिक परीक्षाका लागि फाराम खुला गरेको छ ।
मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम कात्तिक १४ गतेभित्र नियमित शुल्कमा र २१ गतेभित्र विलम्ब शुल्कमा फाराम भरी बुझाउनु पर्ने छ ।




