काठमाडौं / १८ असोज- नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा मंसिर ९ गते सञ्चालन गर्ने भएको छ । पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको छ ।
परीक्षामा सहभागी हुनका लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र कार्तिक २० गतेम्म नतिजा प्रकाशित भई जारी हुनुपर्ने जनाएको छ । आवेदन बुझाउनका लागि असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन फाराम भरेर बुझाउनु पर्ने र कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्नेछ ।



