बिई र बिआर्कको प्रवेश परीक्षा स्थगन

काठमाडौँ /१७ असोज – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको बि.ई र बि.आर्कको प्रवेश परीक्षा स्थगन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालय प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगन गरेको हो ।


पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएका थिए । संस्थानले अर्को सूचना प्रकाशित नहुन्जेल प्रवेश परीक्षाका कार्यक्रम स्थगन गरिएको जनाएको छ ।