फेरील्याण्ड स्कुलले जित्यो अन्तर विद्यालय रग्बी प्रतियोगिता

काठमाडौँ /१४ असोज – कपन बालुवा खानीमा रहेको फेरील्याण्ड इन्टरनेश्नल स्कुल अन्तर विद्यालय रग्बी प्रतियोगितामा प्रथम हुन सफल भएको छ । टोखामा भएको सो प्रतियोगितामा फेरील्याण्ड स्कुलका उत्सव गुरुङले सर्वाधिक ट्राइ गर्दै प्रथम भएका हुन् ।


प्रतियोगितामा छात्र तर्फ अमर इंगलिस स्कुल दोस्रो भएको छ भने शिशुमिलन स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।