काठमाडौं २८ भदौं नेपाल शिक्षक संघले संघीय सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा ऐन तत्काल खारेज गर्न माग गरेको छ । विधेयक अत्यन्तै प्रतिगामी, अप्रगतिवादी, निरंकुश र परम्परावादी रहेको भन्दै खारेज गर्न गर्न माग गरेको हो ।
संघले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शिक्षा प्रति गैरजिम्मेवार देखिएको सरकारी रवैयाको प्रतिवाद गर्न विद्यालय बन्द सहितको कार्यक्रम समावेश गरिएको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न नेपाल शिक्षक महासंघलाई आह्वान गरेको छ ।
साथै सशक्त र प्रभावकारी आन्दोलनको तयारीका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई आग्रशह गरेको छ ।
यस्तो छ विज्ञप्ति :
शिक्षा ऐन २०२८ लाई विस्थापित गर्दै समयानुकल वैज्ञानिक, व्यवस्थित र सबैको सरल पहुँच हुने गुणस्तरिय सार्वजनिक शिक्षाका लागि हामीले संघीयतासंगै नयाँ शिक्षा ऐनको माग गर्दै आएको सर्वविदितै छ ।
गुणस्तरिय शिक्षा, शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावक मैत्री शिक्षा ऐनले देशको समुन्नत विकास, सार्वजनिक विद्यालयहरुलाई बालबालिकाहरुको आकर्षणको केन्द्र बनाउदै सिकाउने, टिकाउने र विकाउने सम्मका दिर्घकालिन योजना हाम्रो चाहाना हो र छ तर संघीय सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा ऐन अत्यन्तै प्रतिगामी, अप्रगतिवादी, निरंकुश र परम्परावादी सोचले ग्रसित देखियो ।
तसर्थ, प्रतिगामी, अप्रगतिवादी र निरंकुश शिक्षा ऐनको विधेयकको तत्काल खारेजीको माग गर्दै सार्वजनिक शिक्षा प्रति गैरजिम्मेवार देखिएको सरकारी रवैयाको प्रतिवाद गर्न विद्यालय बन्द सहितको कार्यक्रम समावेश गरिएको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न नेपाल शिक्षक महासंघलाई आह्वान गर्दछौं । साथै सशक्त र प्रभावकारी आन्दोलनको तयारीका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरुलाई अपिल गर्दछौं ।
ज्ञानेन्द्र बहादुर रावल
महासचिब



