निमावि अध्यापन अनुमतिपत्रका लागि आवेदन दिने समय तीनदिन मात्रै

काठमाडौं/१२ भदौं-शिक्षक शिवा आयोगले लिने निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाका लागि आवेदन दिने समय तीनदिन मात्रै बाँकी रहेको छ । आयोगले खुला गरेको विज्ञापन अनुसार दोब्बर दस्तुर बुझाई भाद्र १५ गतेसम्म दरखास्त दिन सकिने जनाएको हो ।


आयोगले साउन ११ गते प्रकाशन गरेको सूचना अनुसार शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन दरखास्त दिनु सकिने जनाएको छ ।


अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरु राजश्व दस्तुर बुझाइसकेपछि परिमार्जन÷संशोधन तथा थपघट गर्न नसकिने र आवेदनकर्ताले राजस्व व्यवस्थापन सूचना प्रणालीबाट सिर्जित दोब्वर दस्तुरको भौचर प्रिन्ट गरेपश्चात तोकिए कै मितिभित्र दस्तुर नबुझाएको अवस्थामा त्यस्ता दरखास्त फाराम अनलाइन प्रणालीबाटै स्वतः रिजेक्ट हुने जनाएको छ ।


व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरु सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुहुन तथा पछि फरक पर्न गएमा व्यक्ति स्वयम् जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारवाही हुन नसक्ने सूचनामा उल्लेख छ ।