सटिइभिटीको विशेष छात्रवृत्ति अन्तर्गत प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम

काठमाडौं/१२ भदौं-सिटिइभिटीले प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा डिप्लोमा÷प्रमाणपत्र एवं प्रि–डिप्लोमा तहको प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ । प्रवेश परीक्षा पूर्व प्रकाशित सूचना अनुसार भदौं १६ गते शनिबार बिहान ११ः००बजेदेखि हुने परीक्षाको केन्द्र कायम गरेको हो ।


प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम र प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका ८० वटा पालिकामा स्थायी बसोबास गर्ने छात्रछात्राहरूका लागि रीतपूर्वकको प्रवेश परीक्षाको आवेदन फाराम भरेका परीक्षार्थीहरूका लागि विशेष छात्रवृत्तिको प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्न लागिएको जनाएको छ ।


परीक्षा केन्द्रको विस्तृत विवरण www.ctevtexam.org.np बाट हेर्न सकिने सूचनामा उल्लेख गरेको छ ।