कञ्चनपुर/१० भदौं-कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल तथा शिक्षक वीरेन्द्रप्रसाद जोशीमाथि सामूहिक कुटपिट गरिएको भन्दै सामुदायिक विद्यालय बन्द गरिएको हो ।
जोशीलाई कक्षा १० मा पढ्ने एक छात्राले आफ्नो सम्वेदनशील अंग समातेको आरोप लगाएपछि साउन ३२ गते विद्यालयमै छलफल गरिएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्किन सकेन् । भदौं ३ गते विद्यार्थी, अभिभावक तथा स्थानीय आएर विद्यालयमा विरोध प्रदर्शन गरे । ठूलो संख्यामा विद्यालयभित्र प्रवेश गरेी समूहले मराशन्न हुनेगरी शिक्षकलाई कुटपिट गरेका थिए ।
उक्त कुटपिटपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने, प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि कुटपिट हुँदा प्रहरीले सुरक्षा प्रदान गर्न नसकेको, र लेखापालमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गरिएको हो ।



