कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी, यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर/३० साउन-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज ४ बजे बैठक बसेर सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सर्वजनिक गर्न लागेको हो ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार कक्षा १२ को नतिजा सकेसम्म आज साँझ ४ बजेपछि सार्वजनिक गर्ने तयारी भएको खबर एजुकेशनलाई बताए ।


देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।


यसरी हेर्न सकिन्छ नतिजा :