काठमाडौं/२९ साउन-काठमाडौं विश्विद्यालय स्कूल अफ एजुकेशनले विश्वविद्यालय अन्तर्गत रहेका विभिन्न विधाका फ्याकल्टीहरूलाई उच्च शिक्षाका समस्या र समाधान बारे पाँच दिने कार्यशाला सम्पन्न गरेको छ । निरन्तर पेशागत विकासको अवधारणालाई मध्यनजर गरेर सो कार्यशाला आयोजना गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ । गत असार महिनामा १५ घण्टाका विभिन्न पेशागत विकासका सत्रहरूसहित आरम्भ भएको ४८ घण्टे उक्त कार्यशालाको तेश्रो चरण आगामी भाद्र महिनामा थप पाँच दिनका विभिन्न सत्र र प्रस्तुति गरिएको थिायो ।
श्रावण २१ देखि पाँचदिन संचालित दोश्रो चरणको कार्यशालामा पाठ्यक्रम, मूल्यांकन र निरन्तर पेशागत विकासँग सम्बन्धित विभिन्न शिर्षकहरूमा विभिन्न सत्रहरू संचालन गरिएको थियो भने कार्यक्रमको संयोजन प्रा.डा.मनप्रसाद वाग्लेले गरेका थिए ।




