काठमाडौं/२७ साउन-विद्यालय शिक्षा ऐन संसदमा तत्काल दर्ता गर्न शिक्षाका लागि राष्ट्रिय अभियमन नेपाल (एनसिई) ले माग गरेको छ । गत साउन १६ गते मन्त्रप्परिषद् बैठकले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक २०८० संघीय संसदमा पेश गर्न स्विकृत दिएको तर अहिलेसम्म पेश नभएको भन्दै तत्काल संसदमा दर्ता गर्न माग गरेको हो ।
उक्त विधेयक तत्काल संसदमा पेश गरी छलफल चलाउनु पर्नेमा त्यसो नगरी सार्वजनिक वृत्तमा सो मस्यौदामा भएका व्यवस्थाहरुबारे रिकारी तथा निजीक्षेत्रबाट आ आफ्ना टिकाटिप्पणी भईरहेको प्रति गम्भीर ध्यनाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसबाट आम नागरिकमा अन्यौलता सृजना भइरहेको र शिक्षाको निजीकरण र व्यपारिकण गर्न चाहाने स्वर्थ समुहले समेत कानुन निर्माण प्रक्रियामा अनुचित दबाब सिर्जना गरेको जनाएको छ ।




