हिमालयन ह्वाइट हाउस विद्यालयमा स्टेम च्यालेन्ज कार्यक्रम सम्पन्न

काठमाडौं/२७ साउन-हिमालयन ह्वाइट हाउस विद्यालयको तीन दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यही साउन २१ गतेबाट हिमालयन ह्वाइट हाउस विद्यालयले डा. मारियन भी. प्रिन्सको अध्यक्षतामा तीन दिवसीय कार्यशाला गोष्ठी आयोजना गरेको हो ।


साथै कार्यशाला गोष्ठीसँगै चौथो दिन १५ विभिन्न विद्यालयका प्रतिस्पर्धीहरूको सहभागितामा स्टेम च्यालेन्ज समापन गरेको छ । कार्यक्रममा पूर्ण रूपमा डा. मारियम प्रिन्सको समधक्षतामा भएको थियो ।

अमेरीकाको डेलावेयर भन्ने ठाउँमा जन्मिएकी डा. प्रिन्सले मेचिङ्गम विश्वविद्यालयबाट अङ्क गणीत र भौतिक विज्ञानमा शास्त्री सम्मको अध्ययन गरेकी छन् । उनले करिब २५ वर्ष जति विद्यालयस्तरमा गणीत, विज्ञान र प्रविधिसँग सम्बन्धित विषयहरू अध्यापन गराएकीछन् । मारियन प्रिन्सले विद्यालय जीवनबाट सेवा निवृत्त भएपछि विद्यावारिधि गरेकी हुन् ।

तत्पश्चात उनले नाफा नलिकन विभिन्न देशका विद्यालयका विद्यार्थीहरूलाई शिक्षामा सहजिकरण होस् भन्ने हेतुले एउटा सङ्ठनको स्थापना पनि गरीन र उक्त संस्थाको माध्यमबाट विभिन्न देशका विद्यालयहरूमा गएर विद्यार्थी एवं शिक्षकहरूलाई गणित शिक्षण सिकाइलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्य लिएर विभिन्न विद्यालयका विद्यार्थीहरूलाई क्याल्कुलेटर तथा अन्य प्राविधिक विषय सम्बन्धी सिप सिकाउँदै आइरहेकी छन् ।


नेपालमा प्रत्येक वर्ष आएर नेपाली विद्यार्थीको स्टेमको सिकाईलाई अझ प्रभावकारी बनाउन सक्रिय रूपमा लागेकी प्रिन्स यस वर्ष पनि ‘स्टेम च्यालेन्ज’ को तीन दिने कार्यशाला गोष्ठी उनको अध्यक्षतामा हिमालयन ह्वाइट हाउस विद्यालयमा साउन २५ गतेका दिन समापन भएको थियो । यस कार्यक्रममा विभिन्न १० वटा विद्यालयका प्रतियोगी विद्यार्थीहरूको उपस्थिति थियो । तिन दिवसीय कार्यशालाको अन्तिम दिनमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई चुनौती स्वरूप विभिन्न प्रश्नहरू समाधानार्थ दिइएको थियो ।


उक्त चुनौतिलाई सहर्ष, उर्जापूर्ण रूपमा आत्मसाथ गर्दै प्रतिस्पर्धी विद्यार्थीहरूले विभिन्न आधुनिक उपकरणहरू निर्माण गरेका थिए जसमा घुसपैठ अबरोध गर्ने यन्त्र, चोरी हुन खोज्दा सूचना दिने यन्त्र, पाल्तु जनावरलाई धेरै टाढा गए रोक्न सूचना दिने डिजिटल यन्त्र, बाढी आउँदा सूचना दिने यन्त्र, पाल्तु जनावरको अवस्थाको बारेमा सूचना दिने यन्त्र र स्वचालित सडक पेटीका बत्तीहरू जुन रात परेपछि बल्ने र उज्यालो भएपछि निभ्ने बनाएका थिए ।


यी विभिन्न चुनौतिहरूलाई स्वीकार्दै सहभागी प्रतिस्पर्धी विद्यार्थीहरूमा उत्कृष्ट यन्त्र बनाएर पहिलो स्थान हासिल गर्न सफल सेन्ट लरेन्स विद्यालयका प्रतियोगी सक्षम राई र इरिक उप्रेती भएका छन् उनीहरूले पाल्तु जनावरलाई रोक्न सहज गर्ने उपकरण बनाएका थिए भने द्वितीय स्थान हासिल गर्नेमा कान्जिरोवा विद्यालयका प्रतियोगी कुशल कार्की र प्रजन्य आचार्य भएका छन् उनीहरूले सडक पेटीमा आफैँ बल्ने र निभ्ने बत्ती बनाएका थिए । त्यसैगरी तृतीय स्थान हाँसिल गर्न सफल ग्रेसल्यान्ड सेकेन्डरी स्कुलका विद्यार्थीहरूमा योजना प्रधान र आशुतोष दुलाल उनीहरूले चोरी हुन खोज्दा सूचना दिने यन्त्र बनाएका थिए ।


विभिन्न विद्यालयबाट उपस्थित भएका विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी भएर आफ्नो क्षमता देखाएकोमा आयोजक विद्यालयले धेरै धेरै धन्यवाद दिनुका साथै आगामी दिनहरूमा पनि आफूमा भएको क्षमता अझ विकास गर्न प्रेरणा मिलोस भन्ने शुभकामना दिदै विभिन्न विद्यालयलाई प्रतिनिधित्व गर्दै आएका शिक्षकहरूलाई पनि आयोजक विद्यालयले हृदयतस् धन्यवाद ज्ञापन गरेको छ ।


यसैगरी डा. मारियन प्रिन्सको भावी योजनामा यी पाइथन र माइक्रो विट जस्ता कार्यक्रमहरूको कार्यशाला गोष्ठी काठ्माडौँ लगायत नेपालका अन्य ठाउँहरूमा पनि निशुल्क गर्ने योजना रहेको छ । यसरी ह्वाइट हाउस विद्यालयमा गएर विद्यार्थीहरूलाई प्राविधिक विषयमा जानकारी प्रदान गरिदिनु भएकोमा वहाँप्रति आयोजक विद्यालय परिवार कृतज्ञ रहेको कुरा विद्यालयका सञ्चालक युवराज शर्माले बताए । आफ्नो देशमा अवकास प्राप्त जीवन आनन्दले व्यतित गर्नुपर्ने बेलामा पनि उर्जावान भएर विद्यार्थी तथा शिक्षकहरूलाई पठनपाठनमा सहज गराउन अहोरात्र खटिनु भएकोमा वहाँप्रति हामी सम्पूर्ण नेपालीहरू सदैव ऋणी रहने छौँ उनले भने ।