काठमाडौँ /९ साउन-सीटीईभीटीले आफुखुशी नयाँ सम्बन्धन दिने, विद्यार्थी भर्ना सिट संखइा तोक्ने, प्रवेश परीक्षाका लागि सूचना जारी गरेको भन्दै चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण गराएको छ ।साथै राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जवरजस्ती अपव्यख्या गर्ने, आयोगको निर्देशन पालना गर्न नपर्ने भनी आयोगमा पत्राचार गर्ने जस्ता सीटीईभीटीबाट भए गरेको भन्दै आयोगले ध्यानाकर्षण गराएको हो ।
चिकित्सा शिक्षा आयोगको निर्णय बिना नै सीटीईभीटीबाट चिकित्सा शिक्षाको पठनपाठन गर्ने, नयाँ सम्बन्धन दिने, विद्यार्थी भर्ना सिट सङ्ख्या तोक्ने, प्रवेश परीक्षा लिने लगायतका कार्य सीटीईभीटीले गैर कानुनी कार्य गरेको आयोगको भनाई छ ।
त्यसैगरी आयोगबाट सिफारिस नभएका, आयोगबाट सिट निर्धारण नभएका शिक्षण संस्थाहरूमा चिकित्सा शिक्षाको पठनपाठनको लागि विद्यार्थी भर्ना गरे गराएमा वा विद्यार्थी भर्ना भएमा ती विद्यार्थीहरूको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायत सम्बन्धित विषयगत काउन्सिलमा दर्ता समेत नहुने हुँदा त्यसप्रति सजग रहन अभिभावक, विद्यार्थी र सम्बन्धित शिक्षण संस्थाहरूलाई सूचित गराएको छ ।
आयोगबाट अपग्रेट नगरिएका, सम्बन्धन प्राप्त नगरेका र मापदण्ड पुरा नगरेका शिक्षण संस्थाहरूले आयोगले विद्यार्थी सिट निर्धारण नगरेको अवस्थामा विद्यार्थी भर्ना गरे गराएमा ती संस्थाहरूलाई कानुनी कारबाही अगाडि बढाउन बाध्य हुने समेत चेतावनी दिइएको छ ।
हेर्नुहोस सूचना :



