काठमाडौं/२९ असार-राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले स्थायि पदपूर्तिका लागि आवेदन माग गरको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा द्धारा स्थायि पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।
लोक सेवा आयोगको सहमति अनुसार लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने गरी प्रयोगशालाको केन्द्र तथा शाखा कार्यलयहरुमा रिक्त रहेका ३८ पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा द्धारा स्थिायी पदपूर्ति गर्नका लागि आवेदन माग गरिएको जनाएको छ ।
प्रयोगशालाले तोकेको मापदण्ड तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
सूचना यहाँबाट हेर्नुहोला :
https://drive.google.com/file/d/1CRWytTj0slmfCsSgfWez4afKFtBRLnLH/view



