कास्की/२३ पोखरा-महानगरपालिकाले शैक्षिक सत्र २०८० का संस्थागत विद्यालयहरुको लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको आवेदन माग गरेको छ । महानगरको शिक्षा महाशाखाले असार २२ गतेदेखि २८ गते भित्र आवेदन पेश गर्न भनेको छ ।
छात्रवृत्तिका लागि जनजाति दलित, बेपत्ता परिवार, सहिद, जनआन्दोलन घाइते, मधेस आन्दोलन घाइते परिवारको हकमा भने जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको प्रतिलिपि, बुझाउनुपर्ने र विपन्नता वा गरिबको हकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिबी परिचयपत्र वा प्राप्त अवस्थामा सम्बन्धित स्थानीय तहको विपन्न सिफारिस पत्र बुझाउनु पर्ने छ ।
महानगर भित्रका संस्थागत विद्यालयहरूमा विभिन्न आरक्षित कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।




