काठमाडौं/३२ असार-काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि असार २८ गतेदेखि आवेदन खुला गर्ने भएको छ ।
महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालन गर्न आवेदन २८ गतेदेखि आवेदन खुल गर्ने भएको हो ।
महानगर शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने जनाएको छ । त्यसैगरी परीक्षा साउन २० गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० ओटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने जनाएको छ ।




