धनगढी उपमहानगरले नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गर्ने

धनगढी/८ असार-सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गर्ने भएको हो ।


बिहीबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक ्गर्दै उपमहानगरका नगरप्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षलाई शैक्षिक उपलब्धी सुधार वर्षको रुपमा मनाउने बताएका छन् । उनले विद्यालय सुधारका लागि नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरेर थप स्रोत जुटाइने बताए ।


त्यसैगरी आगामी आर्थिक वर्षलाई शैक्षिक उपलब्धी सुधार वर्षको रुपमा मनाउने तथा कक्षा १ देखि ८ सम्म स्थानीय हाम्रो धनगढी पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । उपमहानगरले उच्च शिक्षा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीको सहायताका लागि मोबाइल, ट्याब्लेट र ल्यापटप उपलब्ध गराउने भएको छ ।