झापा/८ असार-झापाको केर्खामा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थीलाई यात्रुवाहक बसले ठक्करदिँदा मृत्यु भएको छ । कमल गाउँपालिका–३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको हो ।
स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी थापालाई बिहिबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे१ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गर्दा ठक्कर दिएको प्रहरीका जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते छात्र थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।



