स्रोत विज्ञ नियुक्तिका लागि ‘विद्यालय सुपरीवेक्षण तथा पेशागत सहायता निर्देशिका’ जारी

काठमाडौं/५ असार-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलले ‘विद्यालय सुपरीवेक्षण तथा पेशागत सहायता निर्देशिका,२०८०’ जारी गरेको छ । विद्यालय शिक्षामा पहुँच, गुणस्तर र सक्षमतामा अभिवृद्धि गर्दै विद्यालयलाई सिकाईको केन्द्रको रुपमा विकास गर्न, विद्यार्थीलाई सिकाई सहजताका लागि शिक्षको पेशागत विकासमा सहजीकरण गरी सहायता प्रणालीको विकास तथा परिचालन मार्फत विद्यालयको शिक्षण सिकाईमा सुधार गर्न निर्देशिका जारी गरेको हो ।


निर्देशिकामा शिक्षण सिकाईको सहजिकरणका लागि स्थानीय तहबाट स्रोत विज्ञ नियुक्ति गर्ने व्यवस्था गर्नुका साथै सम्बन्धीत स्थानीय तह र संघीय निकाय बीच समन्वय कायम गरी शिक्षण सिकाईमा सुधार गर्ने उदेश्य रहेको उल्लेख छ ।
विद्यालयको शिक्षण सिकाईको अवस्थाको निरीक्षण तथा सुपरिवेक्षणका लागि एक स्थानीय तहमा कम्तिमा एक जनासम्म स्रोत विज्ञ राख्न सकिने र कुनै स्थानीइ तहमा तीस भन्दा बढी विद्यालय सञ्चालन भएको अवस्थामा विद्यालय क्षेत्र निर्धारण गरी एक जना भन्दा बढी स्रोत विज्ञ राख्न सकिनेछ ।


त्यसैगरी स्रोत विज्ञको पदमा नियुक्त हुनका लागि शिक्षा शास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेको वा अन्य विषयमा स्नातकोत्तर उत्तीर्ण गरी शिक्षा शास्त्रमा स्नातक वा दश महिने तालिम प्राप्त गरेको र माध्यमिक शिक्षकको स्थायी पदमा कम्तीमा दश वर्ष अनुभव हासिल गरेको वा नेपाल शिक्षा सेवाको अधिकृतस्तरको पदमा कम्तिमा दश वर्ष सेवा गरेको हुनुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।


यसका लागि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिए बमोजिम सबै स्थानीय तहका लागि सरकारले १९ करोड रकम पठाई सकेको जनाएको छ ।

हेर्नुहोस निर्देशिका :