भक्तपुर/५ असार-भक्तपुरमा सञ्चालमा रहेको राष्ट्रका लागि दुई घण्टा अभियानमा गौरीशंकर कलेज र हिलसाइड कलेज अफ इन्जिनियरिङले सहकार्य गरेका छन् । नागरिकलाई राष्ट्र निर्माणसँग जोड्ने अभियान अन्तर्गत गौरीशंकर कलेज र हिलसाइड कलेज अफ इन्जिनियरिङको सहयोगमा सवारी साधनहरुमा वातावरण प्रदुषण नियन्त्रणका उपायहरु सहितको स्ट्रिकर वितरण गरिएको छ ।
स्ट्रिकर महालक्ष्मी नगरपालिका, बालकुमारी,ललितपुरमा रहेको गौरीशंकर प्लस टु कलेज र हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वरको प्रायोजनमा स्ट्रिकरहरु वितरण गरिएको कलेजले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत गौरीशंकर प्लस टु कलेजले उक्त अभियानमा विशेष सहयोग गरेको हो । गुणस्तरीय शिक्षा लिन शुल्क बढी भएको, ठूलाठूला बिल्डिङ्ग भएको कलेज भन्दा पढाउने शिक्षक, एक्स्ट्रा करिकुलम, तिर्न सक्ने मात्र शुल्क आदिलाई ध्यानमा राख्नुपर्छ भन्ने मान्यतामा आधारित गौरीशंकर प्लस टु कलेजले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत अग्रणी भूमिका खेल्दै आएको छ ।
कलेजले हाल विज्ञान, कानुन तथा व्यवस्थापन विषयहरुमा प्राविधिक तथा सैद्धान्तिक शिक्षा दिई नेपाली सक्षम युवा अध्ययनको लागि विदेशीनुपर्ने बाध्यताको न्युनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जसले नेपालको ठूलो रकम विदेश जानबाट रोकिदैँ आएको छ ।



