सुर्खेत/२७ जेठ-सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मी बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मी बढेपछि बुधबारदेखि निजी विद्यालयहरू एक साताका लागि बन्द भएका थिए भने शुक्रबारदेखि सामुदायिक विद्यालयहरू पनि असार १ गतेसम्म बन्द गर्ने निर्णय पालिकाले गरेको छ ।
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने प्रतिकुलतालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न निर्देशन दिइएको नगरपालिकाले जानकारी दिएको छ ।



