इन्जिनियरिङ विषयको छात्रवृत्तिका लागि आवेदन माग (यहाँबाट दिनुहोस आवेदन)

काठमाडौं/२६ जेठ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिएससी इन्जिनियरिङ विषयको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । पिटएिपी कार्यक्रम अन्तर्गत बिएससी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा पाकिस्तानमा अध्ययनका गर्न इच्छुक व्यक्तिहरुसँग आवेदन माग गरेको हो ।


उक्त विषयमा ६ सिट प्राप्त भएकोले छात्रवृत्ति सम्बन्धी नियमावली २०६० (संशोधनसहित) बमोजिम साधरण तथा आरक्षण तर्फ सिट कायम गरिएकोले उक्त सिटहरुमा नियम अनुसार मनोनयनका लागि तथा योग्यताक्रम कायम गर्न सम्बन्धीत संस्थाले तोकेको गोग्यता पुरा गरेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।


साथै त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकबाट २०७९ सालमा लिइएको प्रवेश परीक्षाको योग्यताक्रम सूचीमा रहेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । गोग्यता पुरा गरेका व्यक्तिहरुले पाकिस्तान गई अध्ययन गर्न इच्छुक नेपाली उम्मेदवारहरुबाट जेठ २५ गतेदेखि ३२ गतेसम्म आवेदन दिनुपर्ने छ ।


यहाँबाट दिनुहोस आवेदन :

https://moest.gov.np/upload_file/files/post/1686118079_1242509506_Notice-1%202023-6-7.pdf