एसईईको नतिजा प्रकाशन नभएसम्म कक्षा ११ मा भर्ना नगर्न निर्देशन

काठमाडौँ /२५ जेठ-काठमाडौँ महानगरपालिकाले एसईईको नतिजा प्रकाशन नभएसम्म कक्षा ११ को विद्यार्थी भर्नासम्बन्धी कुनैपनि प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै सबै विद्यालयहरुलाई सो निर्देशन दिएको हो ।


केही विद्यालयले शैक्षिकसत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले त्यस्तो नगर्न भनेको हो ।