शिक्षामा लगानी वृद्धि र शिक्षा ऐन जारी गर्न दबाबका लागि बृहत प्रदर्शन गर्ने

काठमाडौं/९ जेठ-सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्न र यथाशिघ्र संघीय शिक्षा ऐन जारी गर्न दबाबका लागि बृहत प्रदर्शनको आयोजना गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न संघसंस्था एवं संजालहरुले बृहत प्रदर्शनको आयोजना गरेएका हुन ।


जेठ १४ गते माइतीघर मण्डलामा दिउँसो २ बजेदेखि ३ बजेसम्म प्रदर्शनमा ऐक्यबद्धता सहित सहभागी हुन सबैलाई आग्रह गरेका छन् । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहको सन्दर्भमा सार्वजनिक शिक्षा सुदृढीकरणका निम्ती लगानी वृद्धि र यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न दबाब दिने उदेश्यले बृहत प्रदर्शनको आयोजना गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न संघसंस्था एवं संजालहरुले जानकारी दिएका छन् ।