पिएचडीमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं/५ जेठ-त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले विद्यावारिधि (पिएचडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०७९/०८० आठौं व्याचको विद्यावारिधि कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।


त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय वा मान्यता प्राप्त अन्य विश्वविद्यालयहरुबाट शिक्षा शास्त्रसँग सम्बन्धीत विषयमा एमफिल तह उत्तिर्ण गरेको वा स्नातकोत्तर तह उत्तिर्ण गरी शिक्षा शास्त्र संकायले सञ्चालन गरेको एमफिल तथा पिएचडी तहको २४ क्रेडिट आवरको पाठ्यांश अध्ययन पूरा गरेका विद्यार्थीहरु आवेदन दिन सक्ने छन् ।


भर्नाका लागि जेठ ५ गतेदेखि असार ५ गतेभित्र आवेदन फाराम बुझाउनु पर्ने छ ।

विस्तृत सूचना यहाँ हेर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *