मनमोहन प्राविधिक विश्वविद्यालयद्धारा विभिन्न २३ पदमा आवेदन माग

काठमाडौं/१ जेठ–मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासन सेवा आन्तर्गत पाँचौं तहका पदहरुका लागि खुला तथा आन्तिरिक प्रतियोगितात्मक परीक्षाका लागि आवेदन माग गरेको छ ।


त्यसैगरी शिक्षण तथा प्रशासन सेवाका पदहरुका लागि तीन वर्षदेखि नियमित रुपमा करार वा सेवा करारमा कार्यरत शिक्षक वा कर्मचारीका लागि आन्तिरिक खुला प्रतियोगितमा आवेदन माग गरेको हो ।


शिक्षण तथा प्रशासन सेवाका पदमा १४ जना, प्रशासन सेवा पाचौं तह खुला तथा समावेशीमा ६ जना र प्रशासन सेवा पाचौं तह आन्तरिक पदका लागि ३ जना उम्मेदवारबाट आवेदन माग गरेको हो ।