बच्चपन स्कूल काठमाडौंको उद्धघाटन


काठमाडौं/३१ बैशाख-बुढानिलकण्ठको चुन्नी खेल स्थित बच्चपन स्कूलको उद्धघाटन गरिएको छ । बागमती प्रदेश सभासद् जयराम थापाबाट स्कूलको उद्धघाटन गरिएको हो ।


उद्धघाटन कार्यक्रममा बोल्दै सभासद् थापाले शिक्षाको परिवर्तनले मात्र देशमा परिवर्तन गर्न सकिने बताए । उनले देशमा गुणस्तरिय शिक्षाको खाँचो रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक तहको पठनपाठनका लागि बच्चपन विद्यालयको स्थापन भएकोमा सफलताको शुभकामना व्यक्त गरे ।

स्कूलका निर्देशक बिष्णुचन्द्र अधिकारीले २१ औँ शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यले विद्यालयको सरुवात गरिएको बताए । अधिकारीले उत्कृष्ट बालमैत्री प्ले स्कूल संचालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।


बुढानिलकण्ठ नगरपालिकाका वडा नम्मर १३ का वाडा अध्यक्ष टीका नारायण श्रेष्ठले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउँदै यस्ता प्ले स्कूलहरुले उत्कृष्ट तथा माटो सुहाउँदो शिक्षा दिनपर्ने बताए ।


त्यसैगरी दिल्लीबाट आएका ट्रेनर दीपेन्द्र चन्द्र रोयले बच्चपन स्कूलका शिक्षकहरुलाई तीन दिनसम्म तालिम प्रदान गरेका थिए । उनले बाल मस्तिष्क अनुसार चौतर्फी विकासका लागि बच्चपन स्कूल काठमाण्डौले ठूलो भूमिका खेल्न सक्ने बताए ।


विद्यालयका प्रिन्सिपल तथा सो कार्यक्रमका अध्यक्ष राम प्रसाद गौतमले विद्यालय कुनै व्यक्तिको नभई समुदायको भएको र २१ औँ शताब्दीको प्रविधि युक्त विद्यालय बनाउन समुदाय नै लाग्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला, स्थानीय तहका जनप्रतिनिधि र अभिभावक सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *