काठमाडौं/२ बैशाख-“जिरो पैसा जिरो एजुकेशन, धेरै पैसा धेरै एजुकेशन” जब शिक्षालाई सेवा भन्दा धेरै व्यापारको दृष्टिकोणबाट हेरिन्छ त्यसपछि शिक्षाका नाममा जनताका विच ठुलो खाडल उत्पन्न हुन्छ । पैसा हुनेले पढ्न पाउँछ र नहुने बाध्यताले शिक्षाबाट बञ्चित हुनुपर्छ । हुने र नहुने विच अन्तर देखिन्छ । यो दृष्य मद्रासी फिल्म सरको हो । सर फिल्ममा एउटा शिक्षकले चाहेको खण्डमा शिक्षामा आमुल परिवर्तन गर्न सक्छ र शिक्षा सबैका लागि निशुल्क हुनुपर्छ भन्ने सन्देश दिन खेजिएको छ ।
विषय वस्तुको उठान जसरी गरिएपनि अथवा सार्वजनिक शैक्षिक संस्थालाई निजी शैक्षिक संस्थाहरुले ध्वस्त पारिरहेका छन् भनेर देखाउन खोजिए पनि यसले दिने सन्देश दम्दार नै छ । पैसाका लागि राजनीतिक प्रभाव र प्रशासनको मिलेमतोमा शैक्षिक प्रणाली कसरी ध्वस्त पारिन्छ यो गतिलो उदाहरण बन्न सक्छ ।
यसमा अर्को पनि दम्दार सन्देश दिन खोजिएको छ । निजी र सरकारी शैक्षिक संस्थाको साझेदारी गर्दा कसरी सार्वजनिक शैक्षिक संस्थालाई प्रयोग गरिन्छ भन्ने पनि हो । सर फिल्ममा त्रिपाठि एजुकेशन इन्स्टिच्युटले बन्द भएको एउटा सरकारी कलेज समाल्ने जिम्मेवारी लिन्छ र आफ्नो कलेजमा भएका शिक्षकलाई पठाउने निर्णय गर्छ । सरकारी कलेजमा जाने शिक्षकलाई त्यसको बदलामा तलब बाहेक राम्रो पढाउने शिक्षकलाई जुनियर लेक्चरबाट सिनियर लेकचर बनाउने प्रलोभन देखाउछ ।
सकारी कलेज बन्द गर्दै खोल्दै गर्नु निजी कलेज सञ्चालक त्रिपाठीको खेल थियो । सरकारी कलेजलाई प्रगोग गरेर आफ्नो कलेजको व्यपार राम्रो बनाउने उसको मुख्य उदेश्य देखिन्छ ।
त्यो सर्तमा बालु सर सरकारी किलेज जान राजि हुन्छन् । बालु सर सरकारी कलेज पुग्दा केही कक्षा बन्द भएको देख्छन र किन कोही नआएको प्रश्न गर्छन । यसको जवाफमा पछिल्लो समयमा कुनैपनि शिक्षक त्यस कलेजमा जान नमानेका कारण कलेज बन्द भएर फेरि सञ्चालनमा आउन थालेको जवाफ पाउँछन् ।

भोलिपल्ट बालु सर तयारीका साथ कलेजमा पढाउन पुग्छन् तर, अघिल्लो दिन कक्षा भरी विद्यार्थी देखेका बालु सरले कक्षामा एउटै विद्यार्थी देख्दैनन् । गाउँबाट एक दिनका लागि विद्यार्थी बोलाएर कक्षामा देखाइएको तर, भोलिपल्ट कोहि विद्यार्थी नआउनुको कारण बालु सरलाई एक जना कलेजका पुराना शिक्षकले बताउछन् । भन्छन् “बालु सर विस्तारै तपाई पनि यसको बानी पर्नु हुन्छ । यो सबै फोटो खिचेर समाचार बनाउनका लागि देखावटी मात्रै थियो ।”
बालुसरलाई सिनियर लेक्चर बन्ने सपना टुट्ने डर छ । उनका ड्राइभर पेशा गर्ने बुबाको सपना परा गर्ने रहर छ , साथै एक उत्कृष्ट शिक्षक बन्ने रहर पुरा गर्नु छ । त्यो चिन्ताले उनी विद्यार्थी नभएको कक्षा कोठामा गएर एक्लै डेक्स र बेञ्चलाई पढाउछन्, डस्टर फाल्छन् र चिच्याउछन् । त्यहीँ समयमा एक जना मिस आएर सरकारी कलेजको यो हालत हुनुको सबै कुरा सुनाउछिन् । पैसा हुनेले निजी कलेजमा छोराछोरी पढाए पैसा नहुनेले आफ्ना छोराछोरीलाई काममा लगाए । अहिले सरकारी शैक्षिक संस्था प्रति सबै अभिभावकको विश्वास पूर्ण रुपमा टुटिसकेको अवस्था छ ।
बालु सरले विद्यार्थीको घर घरमा पुगेर आफुले धोका नदिने, विद्यार्थीको भविष्यका लागि पढाउने र विचमा छोडेर नजाने प्रतिबद्धता गर्छन । तर उनका कुरा प्रति कुनै अभिभावकले विश्वास गर्दैनन र गरिबिका कारण छोराछारी विद्यालय पठाउन नसक्ने जवाफ पाउँछन् ।
त्यसपछि गाउँ प्रमुखलाई पञ्चायत बोलाउन आग्रह गर्छन र अभिभावकलाई छोराछारी कलेज पठाउनका लागि आग्रह गर्दै सबै विद्यार्थीको भविष्यको जिम्मेवारी लिने बताउँछन् । अन्तत पढ्न रहर भएका छोराछारीको अगाडि बाबु आमाको केही लागेन र कलेज पठाउन बाध्य भए ।

जब बालु सरले मेहेनत गरेर पढउँदै गए, सरकारी कलेज राम्रो हुँदै गयो, विद्यार्थीको नतिजा उत्कृष्ट आउन थाल्यो । बालु सरलाई त्यो कलेज पठाउने त्रिपाठि आफ्नो कलेज सुक्ने डरले पुन कलेज बन्द गर्न विभिन्न प्रपञ्च रचेर बालुसरलाई कलेजमा पढाउन नसक्ने वातावरण सिर्जना गर्छ । त्यसपछि बालु सरले खेतमा टहरा बनाएर भएपनि विद्यार्थीलाई पढाउन छाड्दैनन् निरन्तर पढाई रहन्छन् ।
त्यति गर्दा पनि बालु सरले पढाउन नछोडेपछि उनलाई गुण्डा लगाएर पिटिन्छ , विभिन्न झुटा आरोप लगाएर चौकिमा लगेर थुनिन्छ र खुट्टाले हिड्न नसक्नेगरी कुटिन्छ । बालु सरलाई त्यो गाउँ, कलेज र सबै विद्यार्थीलाई छोडेर जान बाध्य पारिन्छ । तर, उनले विद्यार्थीलाई पढाउन छोड्दैनन अरुको सहयोगमा भिडिायो रेकर्ड गरेर गाउँको थे्रटरमा भिडियो मार्फत कक्षा सञ्चालन गर्छन् । फेरिपनि विद्यार्थी परीक्षामा टप गर्न सफल हुन्छन् ।

जब विद्यार्थी टप गरेर पास हुन्छ, निजी कलेज सञ्चालक तिनै विद्यार्थीलाई पैसामा किनेर नतिजा आफ्नो कलेजको बनाउन तिर लाग्छ । उसले विद्यार्थीको घरको सबै खर्च हेरिदिने, विद्यार्थीले पढेको सम्पूर्ण खर्च आफुले नै तिरिदिने, बाबु आमाका लागि होटल खोलिदिने सर्त राख्दै त्यसको बदलामा त्रिपाठी एजुकेशनल इन्स्टिच्युट पढेर पास गरेको कागजमा विद्यार्थीलाई हस्ताक्षर गर्न लगाउँछ । यति मात्रै होइन कलेजले टप गर्न सफल भनेर प्रचारप्रसार समेत गर्न पछि पर्दैन ।
सबै विद्यार्थीले कलेजको सम्झौतामा हस्ताक्षर गरेपछि कलेज सञ्चालकले बलु सरलाई बोलाएर हस्ताक्षर गरेको पेपर देखाएर धम्क्याउँदै भन्छ “तेरो भविष्यको धज्जि उडाउछु” । तर, बालु सर यो मान्न तयार छैनन् र सञ्चालक त्रिपाठिलाई भन्छन् “तपाइले एक दिन मलाई भन्नु भएको थियो जिरो फिस जिरो एजुकेशन, धेरै पैैसा धेरै एजुकेशन, तपाइको कलेजको बोर्डमा टप गर्न सफल भनेर जति पनि विद्यार्थीको फोटो टास्नु भएको छ नि, ति कुनै पनि विद्यार्थीले मलाई एक रुपैयाँ शुल्क तिरेका छैनन् । तर तपाईले उनीहरुलाई लाखौं रुपैयाँ दिएर उनीहरुलाई खरिद गर्नु भएको छ । उनकी किमत तपाइले लगाउनु भएको छ । यसलाई तपाईले आफ्नो जित भन्नु हुन्छ ? यो हुन सक्दैन तपाई भ्रममा हुनुहुन्छ ।”
शिक्षा व्यापार बन्दै गएको र भोलिका दिनमा यस्तो प्रवृतिले झन धेरै जरा गाड्दै जाने र कुनै दिन यस्तो समय आउने छ, आफ्ना छोराछारी पढाउन बाबु आमाले पैसाका लागि जेपनि गर्नुपर्ने बाध्यता हुनेछ । त्यसकारण बालु सरले विद्यार्थीलाई सम्झाउँदै भन्छन् “त्रिपाठिको स्वार्थमा तिमिहरुको जित हुन्छ, उच्च शिक्षका लागि उसले पठाएको छ भने तिमिहरु जाउँ उसको घमण्डको आफ्नो जिवनको सिढि बनाउँ र अर्को राम्रो मकामपर पुग्नु र जिन्दगीमा तर्की गर्नु । फेरीपनि उसलाई सहयाग गर्नु जसको लागि पढ्न पैसा छैन उनीहरु सबैलाई पढ्ने वातावरण बनाउँ । हेर्दा तिमिहरु ४६ जना छौं । तर तिमिहरुले चाहाने हो भने पुरै एजुकेशन सिस्टम बदल्न सक्छौं त्यसकारण धेरै दोधारमा नपरि धेरै नसोचि सम्झौतामा हस्ताक्षर गर ।”
अन्तमा बालु सर जस्तै शिक्षक हुने हो भने शैक्षिक गुणस्तर सुधारमा उलेख्य परिवर्तनको सम्भावना छ । एउटा शिक्षकले जीवनमा अरु धेरै त्याग केही गर्नु पर्दैन आफु जस्तै हजारौं असल विद्यार्थी जन्माउने हो भने शिक्षामा परिवर्तन असम्भव छैन । यो सवालमा सरोकारवाला, निजी शैक्षिक संस्था संञ्चालक, शिक्षक, अभिभावक लगाएत सबैले समिक्षा गर्न आवश्यक छ ।
फिल्म तलको लिङ्कबाट हेर्न सकिन्छ :



