नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियानमा लाग्न शिक्षा मन्त्रीको आग्रह

काठमाडौं/१ बैशाख-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले विद्यालय उमेर समुहका केही बालबालिका विद्यालय बाहीर रहेको बताएका छन् । शैक्षिक सत्र २०८० को भर्ना अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै केही बालबालिका विद्यालय बाहीर रहेको बताएका हुन् ।


उनले सबै बालबालिकालाई विद्यालयमा ल्याई गुणस्तिरीय दिशामा अघि बढाउनुपर्ने बताएका छन् । राईले भने नागरिकको शिक्षाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न विद्यालय जाने उमेरका सबै बाबुनानीलाई अनिवार्य रुपमा विद्यालय भर्ना गर्नु पर्दछ ।


नेपाल सरकार विभिन्न नीति, योजना र कार्यक्रमका माध्यमबाट नागरिकलाई निशुल्क र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न प्रत्यत्न रहेको बताएका छन् । विद्यालय आउन र शिक्षा हासिल गर्न उत्प्रेरित हुनेगरी विभिन्न प्रोत्साहन र सहुलियतको व्यवस्था गरिएको र यसले विद्यालय तहको भर्ना दरमा उल्लेख्य वृद्धि भएको तर, अहिले विद्यालय उमेर समुहका केही बालबालिका विद्यालय बाहीर रहेको उनको भनाई छ ।


राईले समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नाराका साथ २०८० बैशाख १ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न आ आफ्नो तर्फबाट सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।


त्यसैगरी विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साह जनक रुपमा बढेपनि विद्यालय समुहका सबै सिमान्तकृत बालबालिका विद्यालयमा ल्यउन नसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बताएका छन् । उनले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना र स्वगत अभियान सफलतापूर्वक सम्पन्न गरी विद्यालय उमेरका सबै बालबालिकालाई विदालय शिक्षाके पहुँचमा ल्याई राष्ट्रिय समृद्धि लक्ष्य हासिल गर्ने कार्यमा लाग्न अभिभावक, शिक्षक लगायत सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *