काठमाडौं/१६ फागुन-शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग गरेको छ । मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरुमा कक्षा ५ देखि आवसिय रुपमा निशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारीमा दिइने छात्रवृत्ति विद्यालयमा विपन्न समुदायका जेहेन्दार बालबालिकाहरुलाई उपल्ब्ध गराइने छ ।
यसका लागि चैत २७ र २८ बिहान ८ बजेदेखि १० बजे सम्मा फाराम रितपूर्वक भरी बुझाईसक्नु पर्ने छ । त्यसैगरी चैत २८ गते बिहान ११ बजेदेखि लिखित परीक्षा सञ्चालन गरिने जनाएको छ ।