सामुदायिक विद्यालयका प्रधानाध्यापक र विषय शिक्षकलाई पूर्ण जिम्मेवार बनाउन सुझाब

काठमाडौं/१९ माघ-नेपाल अभिभावक महासंघले सामुदायिक विद्यालयको व्यवस्थापन, संचालन र सिकाई पद्धति आकर्षण हुन नसेको र प्रतिफल पनि लगानिको अनुपातमा निरासाजनक हुने गरेको साथै अनुगमन नियमनको समुचित कार्य नभएको जनाएको छ । सामुदायिक विद्यालयको पढाई स्तर वृद्धि गर्न सक्षम व्यवस्थापन र संचालनको लागि प्रधानाध्यापक र विषय शिक्षकलाई पूर्ण जिम्मेवार बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको हो ।


बुधबार नेपाल अभिभावक महासंघमा आवद्ध विभिन्न संघहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाललाई १६ बुँदे सुझाब पत्र बुझाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आग्रह गरेका छ । पत्रमा भौतिक पूर्वाधार निर्माण र सक्षम अभिभावकको योगदानलाई प्रत्साहित गर्न भनिएको छ । साथै यसै विषयमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठकबाट गठित सुझाब समितिको प्रतिवेदनलाई कार्यन्वयन गर्न माग गरेको छ ।


त्यसैगरी विद्यालयमा विषयगत शिक्षकको दरबन्दी व्यवस्थित रुपले मिलान गर्न शिक्षामन्त्री समक्ष आग्रह गरेको छ । शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोग मार्फत यथाशिघ्र पूर्ति गर्न, शिक्षकलाई यथासम्भव घरपाएकको विद्यालयमा सरुवा हुने सरल व्यवस्था गर्न, सरुवामा हुने अनुचित चलखेल पूर्ण निषेध गर्न भनिएको छ ।


महासंघले विद्यालय कर्मचारीका समसामयिक मागहरुप्रति ध्यन दिन, उनीहरुको सेवा सुविधा सम्बन्धमा २०६७-१०-२३ र २०७१-०५-१२ को सम्मानित सर्वोच्च अदालतको सर्विस ल को आधारमा गरिएको आदेशलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।


विद्यालय तहमा उपलब्ध हुने छात्रवृत्ति लक्षित समुदायमा पुग्न नसकी दुरुपयोग भएको गुनासाहरु आईरहेकोले लक्षित वर्गालाई तोकिएको छात्रवृत्ति उनीहरुलाई नै उपलब्ध गराउन सुनिश्चित गर्न माग गरेको छ । त्यसका लागि स्थायी कोष खडा गरी लक्षित वर्गले पाउने वयवस्था गर्न सकिने सुझावमा उल्लेख छ ।