नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय सम्मेलनको तयारी पुरा

काठमाडौं/७ माघ-नेपाल विद्यालय कर्मचारी परिषद्ले माघ ८ र ९ हुने राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ । आज बसेको राष्ट्रिय समितिको बैठकले फागुन ८ र ९ हुने राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।


बैठकले सम्मेलनमा सहभागि प्रतिनिधि संख्या ५ जना हुनुपर्ने निर्णय गरेको छ । ५ जना भन्दा बढी प्रतिनिधि सहभागि भएमा जिल्लाको निर्णय सहित प्रतिव्यत्ति १५ सय बुझाउनु पर्ने जिल्ला दर्ता शुल्क १० हजार र प्रति कर्मचारी सदस्यता शुल्क नाम विवरण सहित सयका दरले हुन आउने रकम बुझाउनु पर्ने निर्णय गरेको छ ।


त्यसैगरी प्रदेश प्रतिनिधि संख्या तीन जना र प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुलाई सहभागि गराउने जनाएको छ । बैठकले सरकारसँगको स्थगित वार्ता तथा संवाद कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।


बैठकले राष्ट्रिय सम्मेलनलाई व्यवस्थित एवम् मर्यादित रुपमा सम्पन्न गर्न समित तथा उपसमिति गठन गरेको छ । साथै विद्यालय कर्मचारी परिषद्लाई स्थापना कालदेखि हालसम्म गर्ने तथा योगदान गर्ने व्यक्ति वा संस्थाहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।