गण्डकी प्रदेशका मावि,निमावि र प्रावि तहका शिक्षकको बढुवा(नामावलीसहित)

गण्डकी/२३ पुस–शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा माध्यमिक तह, निम्न माध्यमिक तह, द्धितिय श्रेणी र प्राथमिक तह प्रथम श्रेणीकको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, गण्डकी प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।


बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।


बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।