काठमाडौं/१९ पुस-चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न कार्यक्रममा भर्ना गर्न एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले लिँदै आएको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
आयोगले पुस २४ गतेदेखि माघ २४ गते कार्यालय समयभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ । साथै २०० पूर्णाङ्कको परीक्षाका लागि आवेदन सहित परीक्षा कार्या तालिका समेत सार्वजनिक गरेको छ ।
आयोगले एमबीबीएसको प्रवेश परीक्षा फागुन २४ गते बिहान ११ बजेदेखि २ बजेसम्म र बीडीएसको २५ गते र अन्य कार्यक्रमको फागुन २८ गते सम्ममा सक्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
हेर्नुहोस सूचना :



