निमावि तहको शिक्षक पदमा स्थायी नियुक्तिका लागि १९५९ जना सिफारिस

काठमाडौं/१९ पुस-शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा स्थायी नियुक्तिका १९ सय ५९ जनाको नाम पठाउने तयारी गरेको छ । २६ सय ६ जना माग गरीएकोमा १९ सय ५९ जनाको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत केन्द्रमा पठाउने भएको हो ।


आयोगले नेपाली विषयका लागि ४ सय ४० जना माग गरेकोमा २ जना सिफारिस हुन सकेका छैनन् । त्यस्तै अंग्रेजीमा ६ सय २५ मा २५ जना, गणीतको ३ सय ७२ मा ९५ जना, विज्ञान ४ सय ४० मा २ सय ६ जना, शुल्कयर्जुवेदमा १ जना, गणित विज्ञान ३ सय ६५ मा ३ सय १३ जना, संस्कृत व्यकरणमा ३ मा १ जना, संस्कृत भाषामा ४ मा १ जना संस्कृत कर्मकाण्डमा १ जनामा १ जनापनि सिफारिस हुन सकेनन् । समाजिक विषयमा भने ३ सय ५५ जना माग गरएिकोमा सबै सिफारिस भएका छन् ।


प्राविको नतिजा पुसको अन्तिममा


आयोगले प्राथिमिक तहको नतिजा पुसको अन्तिममा निकाल्ने जनाएको छ । आज निम्न माध्यामिक तहको शिक्षक पदमा स्थायी नियुक्तिका लागि नाम पठाइने र त्यसपछि प्राथमिक तहको नतिजा निकाल्ने तयारी गरिने जनाएको छ ।


प्राविधिक कठिनाई नआए माविको विज्ञापन पुसको अन्तिममा


आयोगले मावि तहको विज्ञापन पुसको अन्तिममा निकाल्ने तयारी भएको जनाएको छ । महालेखा नियन्त्रण कार्यालयको राजस्व सूचना प्रणाली नयाँ भएको र यसका लागि आयोगबाट अनलाईन दरखास्त प्रणालीलाई एकिकृत गर्नुपर्ने भएकोले उक्त कार्य भइरहेको जनाएको छ ।


उक्त कार्य सफल भए पश्चात आयोगले वार्षिक कार्यतालिका बमोजिम पुस महिनामै मावि तहको तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन प्रकाशन गर्ने तयारी थालेको छ । यदी उक्त समयभित्र प्राविधिक समस्या आएमा विज्ञापन प्रकाशन गर्नका लागि आयोगको वार्षिक तालिका प्रभावित हुने देखिन्छ ।