शिक्षकका लागि सामाजिक अध्ययन शिक्षामा आवेदन माग

काठमाडौं/१५ पुस-त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डिनको कार्यालयले स्नातकोत्तर तहमा प्रत्यक्ष र अनलाइन (मिश्रित) प्रणालीमा सामाजिक अध्ययन शिक्षाको भर्नाका लागि आवेदन माग गरेको छ । सामेस्टर प्रणाली आन्तर्गत शैक्षिक सत्र २०७८ ०७९ का लागि समाजिक अध्ययन शिक्षा विषयमा भर्नाका लागि आवेदन माग गरेको हो ।


हाल कार्यरत शिक्षक/कर्मचारीले काम गर्दै वा घरमै बसेर अनलाईन माध्यमबाट पनि भर्ना भई अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । त्यस्तै सो विषयका दक्ष शिक्षकहरु प्रयाप्त नभएको अवस्थामा अध्ययन पूरा गर्ने बित्तिकै रोजगार प्राप्त हुने भएको यो विषयको अध्यापन गर्न लागिको शिक्षा शास्त्र संकायले जनाएको छ ।


भर्नाका लागि शिक्षा शास्त्र विषयमा कुनै पनि विषयमा बी.एड एक बर्षे बी.एड तह उत्र्तीण गरेको हुनुपर्ने छ । इच्छुक व्यािक्तहरुले माघ ४ गतेसम्म आवेदन फाराम भर्न सक्ने र माघ २४ गते शनिबार प्रवेश परीक्षा हुने सूचनामा उल्लेख गरेको छ ।