कक्षा ११ र १२ को परीक्षा आवेदन फारम भर्ने म्याद थप

काठमाडौं/२९ माघ–राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७७ बैशाख महिना सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको आवेदन म्याद थप गरेको छ ।
पनिकाले यसअघि माघको मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयहरुमा आवेदन बुझाउन सूचित गरेको भएपनि उक्त समयमा फारम बुझाउन/भर्न छुट भएका विद्यालय÷विद्यार्थीहरुका लागि बोर्डले म्याद थप गरेको हो । बोर्डले फागुन ६ गतेभित्र बिलम्ब सहित हुने रकम बोर्डको नाममा जम्मा गरी फागुन ७ गतेभित्र अनलाइन इन्ट्री गरी फागुन ११ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा आवेदन बुझाउन निर्देशन दिएको छ ।