काठमाडौं/२४ भदौं-माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन)ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । हिस्टुनले पत्रकार सम्मेलन गर्दै आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
साविक उच्च मावि शिक्षकहरुको विगत ३० वर्षदेखि समस्या समाधान गरिनुपर्ने माग रहेको छ । साथै बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकहरुको माग समावेश गरिनु पर्ने माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
उनीहरुले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय सांसद्लाई ज्ञापन पत्र बुझाउने भएको छ ।
त्यसैगरी भदौ २८ गते साविक उच्च मावि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, ३० गते ( साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्नेभएका छन् ।
त्यस पश्चातपनि शिस्टुनका माग पुरा नभए सबै जिल्लाबाट शिक्षकहरुलाई राजधानी आउन आव्हान गरी काठमाडौं केन्द्रीत भौतिक आन्दोलनको घोषणा गर्ने भएको छ ।









