सोमबार नोभा अब्रोड एजुकेशन फेयर हुँदै

काठमाडौं/२३ भदौं -‘ स्टडी इन अब्रोड’ भन्ने मूल नाराका साथ आगामी सोमबार राजधानीमा प्रथम अब्रोड शैक्षिक मेला आयोजना हुने भएको छ ।


नोभा एजुकेशन एण्ड कन्सल्टेन्सी सर्भिसले भाद्र २७ गते सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौंको पुतलीसडक स्थित, शंकरदेव क्याम्पस चोकको ट्रिनिटी हाउसको भुई तलामा रहेको नोभाको आफनै कार्यालयको प्रांगणमा आयोजना गर्न लागेको हो ।


शैक्षिक मेलामा अष्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूकेमा विभिन्न बिषयमा पढ्न चाहने विद्यार्थीहरुको लागी विभिन्न कलेज र युनिभर्सिटीका साथ साथै शैक्षिक ऋण र बीमा सेवागरि १० ओटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।


प्रथम अब्रोड शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।


मेलामा छात्रवृत्ति, अध्ययन पछि काम र अष्ट्रेलिया साथै अरु बिभिन्न देशका नयाँ नियमका बारेमा पनि जानकारी दिनेछ । सहभागीहरू मध्य भाग्यसाली सय जना विद्यार्थीलाई निःशुल्क आईईएलटिएस वा पिटिईका कक्षाहरू उपलब्ध गराइने छ र एक भाग्यशाली विजेतालाई निःशुल्क हवाई भाडा दिइनेछ ।


यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूके जान आवश्यक शैक्षिक परामर्श निशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथ छत्रवृत्तिको पनि ब्याबस्था भएको आयोजकको भनाइ छ ।