शैक्षिक परामर्श सेवा शिक्षा नीति विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न


काठमाडौ /१७ माघ – एजुकेशन खबर पाक्षिक पत्रिका, स्कुल खबर मासिक पत्रिका तथा खबर एजुकेशन अनलाइनको आयोजनामा शैक्षिक परामर्श सेवा शिक्षा नीति र शिक्षामा विदेशी लगानि विषयक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम आज सम्पन्न गरेको छ ।
काठमाण्डौंको तीनकुनेको रोयल बेन्क्यिूटमा आयोजना गरेको सो कार्यक्रममा शैक्षिक परामर्श सेवा शिक्षा सम्बन्धमा कस्तो ऐन बन्नुपर्छ अहिले बनिरहेको शैक्षिक परामर्श सेवा शिक्षा नीति सम्बन्धि निति र त्यस क्षेत्रप्रति सरकारको दृष्टिकोण लगायत सम्बन्धि विषयमा अन्तक्रिया तथा छलफल भयो ।
उत्त कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा. डा.विद्यानाथ कोईरालाले विदेशीएका विद्यार्थी र विदेशबाट आएका विद्यार्थीहरूको अवस्था बारे जानकारि दिंदै सबै कन्सल्टेन्सि राम्रा छैनन् केही कन्सल्टेन्सिहरूले बद्मासी र बेईमानी पनि गरेका छन् र त्यस्ता कन्सल्टेन्सि बाट गएका विद्यार्थीहरू कतिपय बिदेशको सडकमै सुत्नुपरेको स्थिति रहेका छ । त्यस्ता कन्सल्टेन्सि बन्द गर्नु पर्ने बताउनु भयो । साथै विदेश अध्यानमा गएका सबै विद्यार्थीहरूको विवरण संकलन पनि छैन अब विभिन्न शैक्षिक परामर्श दातृ संस्थाहरूद्वारा पठाईएका सम्पूर्ण विद्यार्थीहरूको डाटा संकलन गर्नुपर्ने र त्यो सम्भव रहेको बताउनु भयो ।सम्पर्कमा नआएका कतिपय अवस्थामा विद्यार्थीहरूको लिस्ट बनाउन सकिन्छ असम्भव केही छैन भन्दै शैक्षिक परामर्श दातृ संघलाई सुझाव दिनु भएको छ ।
शक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटाले अहिले विदेशमा पढ्न जानेहरूको झुण्ड बढिरहेका अवस्था रहेको बताउनु भयो । यो नराम्रो कुरा होईन तर नेपालमै राम्रो पढाई भईरहेको विषय पढ्नको लागि पनि विद्यार्थी बाहिरिरहेका अवस्था छ यो बढो दुःखको कुरा हो । गत वर्ष ४६ खर्ब शिक्षा क्षेत्रमा मात्रै विदेशीएको छ भन्दै अब नेपालमा साधारण शिक्षालाईभन्दा बढी प्रविधिक शिक्षामा जोड दिनुपर्ने कुरामा जोड दिनुपर्ने बताउनु भयो ।
त्यस्तै, पढाईका साथै अवसर खोज्दै अधिकांश विद्यार्थीहरू नेपाल बाहिर जान्छन् । नेपालका अधिकांश विश्व विद्यालयहरू काम नलागेको अवस्था छ । कन्सल्टेन्सी मार्फत गएर विद्यार्थीहरूले विदेशमा ग्रेजूएट गर्दा गर्वको विषय हुने, विदेशको ज्ञान र सीप देशमा प्रयोग हुने, दक्ष जनशक्ति उत्पादन हुने तर तिनै विद्यार्थीलाई विदेश पठाउने हामी परामर्शदाता बदनाम हुने, त्यसैलाई नराम्रो ठान्ने ,तिनैलाई हिलो छ्रयाप्ने काम भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनु भयो ।

सो छलफल कार्यक्रममा सरकारको प्रतिनिधित्वमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटा, एनओसी प्रमुख गिरमाण थापा, नेपाल स्वास्थ्य व्यवसायि परिषद्का अध्यक्ष राम प्रसाद भण्डारी, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोईराला, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघका संस्थापक सदस्य पंकज जलान, रेडियो नेपालका निर्देशक दीपक पाठक, प्याब्सनका केन्द्रकि उपाध्यक्ष दीपिका थापा, सचिव मधु लोहनी, एन प्याब्सनका क्रृतुराज सापकोटा, विनायक नर्सिङ कलेजका संस्थापक प्रा. खगेन्द्र अधिकारी, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष शेषराज भट्टराई , महासचिव दीपकराज भुसाल, इक्यानका पूर्व अध्यक्ष दीपक गुरूङ, पूर्व उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्व उपाध्यक्ष महेशबाबु तिमिल्सिना, नेकाका अध्यक्ष सन्तोष प्याकुरेल, फेकनका अध्यक्ष युवराज कट्वाल लगायत सम्बन्धित निकायका व्यक्तित्वहरूको उपस्थित थियो ।