स्कूलहरूले मनाए भव्यताका साथ सरस्वती पूजा

काठमाण्डौं/१६ माघ– आज श्रीपञ्चमीका दिन देशभर विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाईयो ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना ग¥यो भने ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ । यसैगरी आज सरस्वती पूजाको दिन विभिन्न स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएको छ ।


आज सरस्वति पूजाका दिन क्याम्ब्रिज पब्लिक स्कूलले आफ्नो वार्षिक कार्यतालिका अनुसार खेलकुद विशेष कार्यक्रम गरी विजेताहरूलाई पुरस्कार वितरण गर्दै विज्ञान तथा प्रविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । यसका साथै पिजीदेखी पाँच कक्षासम्म निःशुल्क भर्ना गर्नुका साथै पिजीका विद्यार्थीहरूलाई अक्षराम्भ कार्यक्रम गरिएको छ । सरस्वतिको अवसर पारी आज सो स्कूलले हस्तकला प्रदर्शनी गरी सम्पूर्ण विद्यार्थी, तिनीहरूका अभिभावकद्वारा प्रसाद ग्रहण गरि सरस्वति पूजा समापन गरेको छ । त्यस्तै, एक्मी एकेडेमी स्कूलले अन्तर विद्यालय नृत्य प्रतियोगिता गरी विजेताहरूलाई पुरस्कार वितरण गर्दै सरस्वतिको मूर्तीपूजा कार्यक्रम गरेको छ । यसैगरि अभिभावक, विद्यार्थी तथा शिक्षकशिक्षिकाहरूबाट सरस्वतीको पूजा गर्नुका साथै प्रसाद ग्रहण गरि कार्यक्रम भव्यताका साथ मनाएको छ । साथै पिजी कक्षाका बालबालिकाहरूलाई अक्षराम्भ गरी निःशुल्क भर्ना लिने कार्यक्रम पनि सम्पन्न गरेको छ ।


जोसेफ हाई स्कूलले भने सरस्वती नगरमा रहेको सरस्वतीको मन्दिरमा आफ्ना सबै विद्यार्थीहरूलाई लगेर सरस्वतीको प्रार्थना गरि सरस्वति पूजा मनाएको छ । सरस्वति पूजाको अवसर पारेर स्कूलमा पिजीदेखि ८ सम्मका विद्यार्थीहरूलाई भर्नामा विशेष छुटको व्यवस्था गरिएको छ । यसैगरी काठमाण्डौं जेभियर पब्लिक स्कूलले बिहानैदेखि विशिष्ट व्यक्तिहरूलगायत् अभिभावक, विद्यार्थी तथा वरपरका छिमेकीहरूका साथ सरस्वति बन्दना गाउंदै पूजापाठ र प्रसाद ग्रहण गर्ने कार्यक्रम समापन गर्दै पिजी, नर्सरी, एलकेजी, यू केजीका बालबालिकाहरूलाई विशेष छुटका साथ भर्ना लिने कार्यक्रम गरेको छ । साथै ती बालबालिकाहरूलाई अक्षराम्भ गर्ने कार्यक्रम पनि गरिएको छ । त्यस्तै, काठमाण्डौं प्रज्ञाकुञ्ज स्कूलले आज बिहान ८ बजे देखी नै विद्यार्थीहरूका सबै अभिभावकहरूलाई विद्यालयमा उपस्थित गराउंदै सरस्वती बन्दनाका साथ पुरोहितको हातबाट पूजापाठ गरी सरस्वति पूजा मनाईयो । त्यस्तै, पिजीका बालबालिकाहरूलाई विशेष छुटका साथ भर्ना लिंदै र नयाँ भर्ना हुन आएका स–साना बालबालिकाहरूका लागि अक्षराम्भ गर्न बोर्डमा अक्षर लेखाउन सिकाई अक्षराम्भ गरि सरस्वती पूजा गरियो । यसरी आज सरस्वति पूजाका दिन विभिन्न स्कूलले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै सरस्वती पूजा भव्य तरिकाले मनाईयो ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यो दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने प्रचलन छ ।