काठमाडौं/१६ असार-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन, एजुकेशनल लिडरशिप डिपार्टमेन्ट अन्तर्गत एमएड इन लिडरशिप एण्ड म्यानेजमेन्ट एक वर्षे र दुई वर्षे विद्यार्थीहरुद्वारा शैक्षिक उद्यमशिलता सम्बन्धी तीन दिने “आइडीयापिचिङ्ग” नामक सम्मेलन सम्पन्न भएको छ ।
विभिन्न १० क्षेत्रका विशेषज्ञहरु सम्मिलित उक्त प्रतिस्पर्धात्मक सम्मेलनमा सम्पूर्ण विद्यार्थीहरु शिक्षा क्षेत्रमा उद्यमशिलताका नविन परियोजनाहरुको प्रस्तुतिकरण गरिएको थियो । उक्त प्रतियोगितामा पहिलो दिनका विजयीहरु क्रमशः चुरामणी पाण्डे, प्रथम, विनिता शाक्य, द्वितीय र दिपक गौतम, तृतीय रहेका थिए । त्यस्तै दोश्रो दिनका विजयीहरु क्रमशः प्रतिक तुलाधर, प्रथम, नारायण प्रसाद श्रेष्ठ, द्वितीय र माया पौडेल, तृतीय भएका थिए भने अन्तिम दिन उषा न्यौपाने, सितु श्रेष्ठ र शिव भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।
कार्यक्रममा विजयी विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा विशेष सहयोग गर्ने सहजकर्ता श्याम स्वरुप खनाल र रिसर्च असिस्टेन्ट विकास घजुलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो र सम्पूर्ण सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र दिइएको थियो ।
कुसोडका डीन प्रा।डा।बालचन्द्र लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सहायक डीन सह प्रा।डा।धनपति सुवेदी, डिपार्टमेन्ट प्रमुख उप प्रा।डा।शेषकान्त पंगेनी र उप प्रा।डा।रेवत कुमार ढकाल लगायतले मन्तव्य दिनु भएको थियो भने विद्यार्थीका तर्फबाट विनिता शाक्य, मणिराम घिमिरे, उषा न्यौपाने, ममता ढुंगेल लगायतले आफ्ना अनुभव पोखेका थिए । पुरस्कारको लागि मैतिदेवि स्थित सनवे इन्टरनेशनल बिजिनेश स्कूलले विशेष सहयोग गरेको थियो । त्यसैगरी जापानबाट विद्यार्थी रनिशा पौडेल, सिमोली गौतम देसाई, ममता तामाङ्ग लगायत अन्य व्याक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भएको थियो । उक्त कार्यक्रमको सञ्चालन एमफिलका श्याम स्वरुप खनाल र एमएडका सितु श्रेष्ठले गरेका थिए ।



