काठमाडौं/१७ असार-“दोलखाको अनकन्टार गाउँको एक विद्यालयलाई त्यो क्षेत्रको नमुना विद्यालय बनाउन मलाई पोष्ट ग्राजुयट डिप्लोको अध्ययनले निकै सहयोग गरेको थियो । साथै अहिले पाठशाला नेपाल जस्तो प्रतिष्ठित शिक्षण संस्थामा आवद्ध हुन सक्ने क्षमता मलाई यही कोर्षले दिएको हो।” काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनमा गत वर्षबाट सञ्चालित पोष्ट ग्राजुयट डिप्लोमा (पिजिडी) इन एजुकेशनल म्यानेजमेन्ट कार्यक्रमका आयामहरु बारेमा अन्तिम सेमेष्टरका विद्यार्थी सन्देश बस्नेतले आफ्नो अनुभव सुनाए ।
त्यस्तै सिकाइलाई उमेरले छेक्दैन भन्दै अर्का विद्यार्थी अम्बिका थापा क्षेत्री भावुक हुँदै भने, “धुलिखेलमै जन्मिएर हुर्किएँ र केयुकै प्रशासनमा जागिर पनि खाएँ तर मेरो शैक्षिक पृष्ठभूमि कमजोर भएकोले सानैदेखि केयुमा पढ्ने रहर भएपनि अवसर पाएको थिइनँ तर पिजिडी कोर्षले मेरो सपना पूरा गरिदिएको छ, म एकदम खुसी छु ।अब म फेरी यहीँ मास्टर्स पनि गर्ने सोच बनाएको छु ।”
पिजिडी कार्यक्रमले दिएको अर्को आयामका बारेमा चर्चा गर्दै बिद्यार्थी उषा थापा बोगटीले प्रोजेक्ट वर्क अन्तर्गत एउटा विद्यालयमा तीन दिन तालिम दिन जाँदा धेरै विद्यालयहरुले पनि तालिमको माग गरेको स्मरण गर्दै भविष्यमा शिक्षण र तालिम क्षेत्रमा लाग्ने प्रेरणा मिलेको विचार व्यक्त गरे । अनलाइन कक्षाको कारण आफू धुलिखेलमा बस्ने भएर पनि सानी छोरी काखमा लिएर कक्षा लिन भ्याएको र त्यसको परिणाम आज आफ्नो कार्यस्थलमा निकै सकरात्मक प्रभाव परेकोमा निकै खुसी भएको कुरा बिद्यार्थी एलिना राईले ब्यक्त गरे ।
पिजिडी इन एजुकेशनल म्यानेजमेन्टको मुख्य आयामका बारेमा जानकारी दिँदै सहायक डीन डा। धनपति सुवेदीले यो कोर्ष विशेष गरी विद्यालयमा मध्यम तहका सहायक प्र।अ।, कोअर्डिनेटर र भविष्यमा ती पोजिसनहरु लिन चाहने व्यक्तिहरुका लागि र ग्रेडको कमीका कारण मास्टर्स डिग्री पढ्न नपाएका विद्यार्थीहरुका लागि निकै उपयोगी सावित हुने बताए।
त्यसै अनुरुप हात्तिवनस्थित काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशन संकायले अगष्ट २०२२ को लागि नयाँ भर्ना आव्हान गरेको छ । जसका लागि वेबसाइट https://soed.ku.edu.np मार्फत जुलाई ५ सम्म अन्लाइन फर्म भर्न सकिने छ ।



