चिकित्सा शिक्षा अध्ययन संस्थानले स्वर्ण महोत्सवमा विद्यार्थीलाई पदक वितरण गर्ने

काठमाडौं /१५ असार-त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन डीनको कार्यालयले सर्वोत्कृष्ट र उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ । संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) समारोहको अवसरमा सर्वोत्कृष्ट र उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको ५० औं बार्षिर्कोत्सव समारोह विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाउँदै असार ३० गते संस्थान अन्तर्गतका विभिन्न आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन–अध्यापन हुने विभिन्न तहका शैक्षिक कार्यक्रमहरूमा दाताहरूको सर्त अनुसार सर्वोत्कृष्ट उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई पदक वितरण गर्ने भएको छ ।