काठमाडौं /७ असार-शिक्षक सेवा आयोगको वेब सर्वरमा समस्या आए पछि निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने समय थप गरेको छ ।
आयोगले सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १४ गतेसम्म तोकिएकोमा आयोगको अनलाइन एप्लिकेसनमा समस्या आएको हुँदा दुई दिन म्याद थप गरी सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ९ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १६ गतेसम्म गरेको हो ।
आयोगको वेब सर्वरमा असार ६ गते बिहान करिब १० बजेवाट प्राविधिक समस्या आएको हुँदा पूर्व प्रकाशित सूचना बमोजिम दरखास्त दिने उम्मेद्वारको सुविधालाई ध्यानमा राखी २०७९जेठ ९ मा प्रकाशित विज्ञापनमा तोकिएको म्यादमा २ दिन थप गरिएको जनाएको छ ।
साथै थपिएको म्याद सकिएको भोलिपल्ट बैकिङ कारोवार हुने समयभित्र तोकिएको राजश्व दस्तुर रकम तोकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्नुहुन आवेदकलाई आग्रह गरेको छ ।




