सिद्धार्थ विद्यापिठ स्कुलको ग्राजुयसन कार्यक्रम सम्पन्न

भक्तपुर/५ असार-सिद्धार्थ विद्यापिठ किन्डर वल्र्ड स्कुलले ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ । कोभिड महामारीका कारण लामो समयसम्म हुन नसकेको कार्यक्रम असार ४ गते शनिबार आयोजना गरेको हो ।


प्रमुख अतिथि भक्तपुर जिल्ला प्याब्सन अध्यक्ष सुरेन्द्र श्रेष्ठले अबको शिक्षा भनेको व्यवाहारीक शिक्षा हुनुपर्ने बताउँदै बालबालिकाले कति नम्बर ल्याए भन्दा पनि कति सिके भन्नेमा ध्यान दिन अभिभावकलाई सुझाब दिए । उनले प्रथम हुने विद्यार्थी मात्र सबै कुरामा जान्ने नहुन सक्ने भन्दै बालबालिका एउटा न एउटा कुरामा उत्कृष्ट हुने बताए ।

कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक राजेन्द्र थापाले विद्यालय २३ वर्षदेखि सञ्चालन रहेको र गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको जानकारी दिए । उनले बालबालिकासँग विद्यालयमा रहँदा छुट्टै रमाइलो हुनुका साथै यसरी बालबालिकालाई शिक्षा दिन पाउँदा आफुलाई खुशी लाग्ने कुरा व्याक्त गरे ।


स्कुलकी प्रिन्सिपल दीपिका रीमाल थापाले अबको विद्यालय भनेको सिप र संस्कार सहितको शिक्षा दिने हुनुपर्ने र सिदार्थ विद्यापिठ किन्डर वल्र्ड स्कुलको उदेश्य भनेकै बालबालिकालाई संस्कारसँग जोडने रहेको बताइन । उनले बालबालिकाको जिम्मेवारी विद्यालयको मात्र नभएर घरबाटै बालबालिकाले संस्कार सिक्ने हुनाले विद्यालयलाई मात्र दोष नलगाउन अभिभावकलाई आग्रह गरीन ।