काठमाडौं/३१ जेठ– कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत कलेजहरमा पनि बिएस्सी एग्रिकल्चर विषय निशुल्क छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त दिएका उम्मेदवारहरुको मनोनयनसूची प्रकाशन गरएिको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त कलेजहरु रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज, जीविका कृषि विज्ञान क्याम्पस, भ्यालि कृषि क्याम्पस, ब्राइट मध्यपश्चिम तथा वन विज्ञान, गोर्खा पोलिटेक्निकल कलेज एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल कृषि क्याम्पसमा निशुल्क अध्ययनका लागि मनोनयनसूचि प्रकाशन गरएिको हो ।
शैक्षिक वर्ष २०७७/०७८ सालको स्नातक तहको बिएस्सी एग्रिकल्चर विषयमा निशुल्क अध्ययनका लागि ३० जना विद्यार्थी मनोनयन गर्नुपर्नेमा २०७८ साल चैत १७ गतेको निर्णय अनुसार पूर्वमनोनयन भएका उम्मेदवारहरुले दिएका अध्ययन सर्मथता र असर्मथताको निवेदनका आधारमा साधारण तथा समूहगत रुपमा उम्मेदवारहरुलाई २०७९ जेठ २७ गतेको निर्णय अनुसार मनोनयन गरीएको जनाएको छ ।
मनोनयनसूची यहाँबाट हेर्नुहोस :



